२६ बैशाख २०८१, बुधबार

मोटरसाइकल दुर्घटना हुँदा पाँच घाइते


दुर्घटना

बारा । बारामा दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका ५ बाल मन्दिर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा ३ जनाको अवस्था अवस्था गम्भीर रहेको छ ।

बा १७ प ९९२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. ०२–०२१ प ९७९५ नम्बरको मोटरसाइकल मंगलवार बिहान एक आपसमा ठक्कर खादा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !