१४ बैशाख २०८१, शुक्रबार

भरुवा बन्दुकसहित इन्द्र पक्राउ


पक्राउ

काठमाडौं । रौतहटमा अवैध भरुवा बन्दुक र गोलीसहित एक जना पक्राउ परेका छ । प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका–६ का इन्द्र बहादुर आले मगर भरुवा बन्दुक १ थान, भरुवा बन्दुकको नाल १ थान, त्यसमा लाग्ने गोली ३ थान र ३० वटा छर्रासहित पक्राउ परेका छन् ।

उनीमाथि हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !