२२ बैशाख २०८१, शनिबार

भक्तपुरमा अशक्त श्रीमान्द्वारा श्रीमतीमाथि ‘एसिड’ प्रहार


एसिड प्रहार

काठमाडौं । भक्तपुर जिल्लामा एक महिलामाथि ‘एसिड’ प्रहार भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोट चित्रपुर बस्ने ६० वर्षीया पूजा गुभाजुमाथि ‘एसिड’ प्रहार भएको प्रहरीले बताएको हो ।

आफ्नी श्रीमतीमाथि ‘एसिड’ प्रहार गरेको आरोपमा ६५ वर्षीय श्याम गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले गुभाजुलाई नियन्त्रणमा लिएको हो । उनी शारीरिक रुपमा अशक्त भएको समेत प्रहरीले भनाइ छ ।

उनले आफ्नी श्रीमतीलाई कुटपित समेत गरेका थिए । ‘एसिड’ प्रहारका कारण घाइते भएकी ती महिलालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको छ । प्रहरीले उक्त घटनाको प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धान जारी राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !