२६ बैशाख २०८१, बुधबार

३६ जना चिनियाँ नागरिक काठमाडौँको पुरानो बानेश्वरबाट पक्राउ


पक्राउ

काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतले चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै उनीहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखेको बताएको छ ।

उनीहरूलाई लुकिछिपी बस्दै आएर अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

यसका साथै उनीहरु कल बाइपासमा समेत संलग्न रहेको प्रहरीले बताएको छ । पक्राउ परेका उनीहरूबाट प्रहरीले कल बाइपासमा प्रयोग हुने उपकरणहरू समेत बरामद गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !