२२ बैशाख २०८१, शनिबार

नवलपुरको मध्यविन्दु नगरपालिकाभित्र छिपेको पिडा


मध्यविन्दु नगरपालिका

नवलपुर । हरेक मानिस विकास कहाँ छ भन्दै कुर्लने गरेको पाए । मैंले केवल बाहिर देखिएको आलिशान बंगला जसले एउटा दरबारको परिकल्पना गरेको छ । जिल्लाभित्र हेर्दा यो पनि एउटा नमूनाको रूपमा देखिएको भएर मैंले सानो लेख लेखेको थिए । साच्चै नै यसले तम्सरिया मध्यविन्दुको शिर उचालेको छ । विकास गर्न पहिले भवन चाहिन्छ ।

तर मलाई त्यसभित्र के छ मलाई केही थाहा थिएन बाहिर हेर्दा दरबारको झलक देखे र भित्र कस्तो रहेछ भनेर हामी भित्र पस्यौं केही कर्मचारीलाई सोधे त्यहाँ हामीलाई आफै फोन गरेर राम्रो जानकारी पस्कनुभएको थियो त्यो जानकारी हामीले आफै गर्नुपर्ने थियो । कुनै पनि काम गर्दा बाधा अड्चन नहोला भन्न सकिदैन ।

हामीसंग लाइसेन्स छ तर घर जग्गाको अभावमा चाहेर पनि हामीले यहाँका जनतालाई थप राम्रो सुविधा दिन सकेका छैनौं । यसको ठोस् कारण थियो यहाँका जनताले चासो नदेखाउनु । जबसम्म हामीसंग स्रोत साधन हुदैन तबसम्म हामीले चाहेर पनि केही गर्न सक्दैनौ । सवै काम एकै ठाउँमा सम्भव कदापि हुन सक्दैन ।

हामीले त्यहाँभित्र र बाहिर जे जस्ता काम र त्यहाँ आवश्यक कोठाहरू पायौं क्रमश: यो क्षेत्रका जनताले अब सेवा राम्रो हुने जस्तो देखे छोटो समयमा यो पनि एउटा विकास हो भन्ने हामीले महसुस गरे । यति छोटो समयमा यति काम हुनु पनि ठूलो कुरा हो । यहाँका मेयरले जे गर्नु भएको छ राम्रो गर्नु भएको छ । जुनसुकै पार्टीको मेयरले गरेपनि यही गर्ने हो ।

बर्तमान अवस्थालाई केलाएर हेर्दा हामीले बुझ्न सकिन्छ । हिजो सवै पार्टी सरकारमा नगएका होइनन् । आज यस क्षेत्रमा चन्द्र बहादुर रानाको पालामा बाहिर विकास नभएपनि नगरको विकास पक्कै भएको छ । काम गर्न सबैलाई स्थानको अभाव हुन्छ त्यो नगरपालिकाले पुरा गरेको छ ।

अब गर्ने विकास भनेको अवसरले जुटाउने हो । फेरि एकपल्ट यस क्षेत्रका जनताले अवसर दिएमा पक्कै विकास उहाँवाट हुनेछ । यो कुरामा हामी विश्वस्त छौं । उहाँबाट यदि कसैले बिकास नभएको देख्नुभयो भने त्यस बारेमा खुलस्त भन्नुभयो भने किन हुन सकेन हामी यो कुरालाई समेत सार्वजनिक गर्नेछौं । हामीले बाहिरको आवरणलाई मात्र केलाउने गरेका छौं ।

अब भित्र हुन नसकेका कारणहरु समेत केलाउने प्रयासमा जुट्नेछौं । यस क्षेत्रमा कसरी विकास हुन नसक्नुमा को दोषी यो कुरा पनि हामी अघि सार्नेछौं । पाँच बर्षमा सवै विकास हुन्छ भन्ने कल्पना गर्नु सपना मात्र हो । यसका लागि थप पाँच बर्ष अझ थप्नुपर्छ र मात्र यो सम्भव हुन सक्छ । यही कुरा मैले उठाएको पनि छु । विकास ब्यक्तिको अनुभवले पनि गरेको हुन्छ यो उहाँमा छ ।

यो पनि पढ्नुहोस्

नवलपुरको मध्यबिन्दुका मेयरले गरेका विकासले नगरपालिका नमूना बन्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !