२१ बैशाख २०८१, शुक्रबार

अस्पतालमा बहिनीको शव देखेपछि भक्कानिए विमल


bimal ghartimagar and his mother.

काठमाडौँः बहिनी मनिषा घर्ती मगरको मृत्युको खबर पाएपछि बेल्जियमबाट नेपाल फर्किएका फुटबलर विमल घर्तीमगर काठमाडौँ ओर्लिएपछि भावविह्वल भएका छन् ।

त्रिभुवन विमास्थलबाट सिधैँ बहिनीको शव राखिएको त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल पुगेका विमल अस्पतालमा बहिनीको शव देखेपछि भक्कानिए ।

महिनीको वियोगले भक्कानिरहेका विमल आमालाई समेत सम्हालिरहेका थिए । बुधबार राती नवलपरासीमा रहेको आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी मनिषाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल ल्याइएको छ ।

मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तिलकपुर गाविस–४ का आशिष भनिने रुद्रनारायण चौधरीलाई नियन्त्रणमा लिएको छ । मनिषाको हत्याको विषयमा अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !