२० बैशाख २०८१, बिहिबार

कुटपिटबाट एकजनाको मृत्यु, तीन जना पक्राउ


शव फेला

काठमाडौं । डडेल्धुरामा युवकको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । मादक पदार्थ सेवनपछि उत्पन्न विवादका क्रममा कुटपिट गरी दिपायल सिलगढी नगरपालिका-३ का ३५ वर्षीय बसन्त सिजापतिको हत्या गरिएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएका सिजापतिको उपचारका क्रममा जोगबुढा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सिजापतिको हत्यामा संलग्न परशुराम नगरपालिका–१२ मा बस्दै आएका २४ वर्षीय आशिष बराल, १८ वर्षीय पुजन लोहनी र तेजबहादुर विक पक्राउ परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !