२१ बैशाख २०८१, शुक्रबार

नेपाल प्रहरीका १० डीएसपीको काज सरुवा (सूचीसहित)


प्रहरी प्रधान कार्यालय

काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) काज सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई विभिन्न कार्यालयमा काजमा खटाइएको छ ।

प्रहरी प्रधान कार्यालय अनुसार तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका छन् । सातदोबाटो वृत्तमा मदन केसी र चापागाउँ वृत्तमा द्धारिका घिमिरे काज खटिनेछन् । दिनेश घिमिरेलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा काज सरूवा गरिएको छ ।

त्यस्तैगरी रसुवामा कुलदिप चन्द, दोलखामा गंगाप्रसाद पौडेल र रामेछापमा राजकुमार थिङ जिल्ला प्रहरी प्रमुख बन्ने भएका छन् । रामेछापका नवराज ढुङगाना प्रदेश १ प्रहरी कार्यालय मोरङमा काज सरूवा भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !