४ जेष्ठ २०८१, शुक्रबार

आरोही महिला पत्रकारको टोलीलाई महानगरपालिकाले दियो २५ लाख


४ वैशाख, काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको समूहलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले आरोहणको सफलताको कामनासहित नगद रकम हस्तान्तरण गर्दै पत्रकारको सगरमाथा आरोहण सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने विश्वास व्यक्त गरे। सोही कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले आफैंँसँग भएको क्षमताको प्रयोगबाट पर्यटकीय सम्भावना खोज्न सकिने बताए।

आरोहण टोली प्रमुख रोजित वुद्धाचार्य(नेपाल टेलिभिजन)ले फर्किएपछि हिमाल, पहाड र तराईको सम्बन्ध जोड्ने पर्यटन प्रवद्र्धनमा सक्रिय रहने बताइन्।
आरोही अन्य महिलामा मेघा टेलिभिजनकी कल्पना महर्जन, राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्यूज ट्वान्टी फोरकी प्रियालक्ष्मी कार्की र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ राई छन्। आरोहण टोली बुधबार लुक्लातर्फ प्रस्थान गर्नेछ।

आरोहणका क्रममा महानगरको खड्गांकित झण्डा आधार शिविरमा गाडिने छ भने सानो झण्डा र नक्शा चुचुरामा पुर्याइनेछ। आरोहण व्यवस्थापन ड्रिमर्स डेस्टिनेसन ट्रेक एण्ड एक्सिडिसनले गरेको छ।

‘समानताका लागि बुलन्द आवाज’ नारा लिएर उनीहरु आरोहणमा जान लागेका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !