२६ बैशाख २०८१, बुधबार

अपराध महाशाखाको जिम्मेवारी एसएसपी सिंहलाई


dhirajprashad

४ वैशाख, काठमाण्डौ । गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत एसएसपी धीरजप्रताप सिंहलाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ ।

वैशाख २ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सिंहलाई अपराध महाशाखामा पठाइएको हो ।

यसअघि अपराध महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी दिवेश लोहनीले सम्हाल्दै आएका थिए ।

३३ किलो सुन प्रकरण र पुर्वमा सनम शाक्यको हत्या प्रकरणमा शंकास्पद भूमिका देखिएपछि चैत २३ गते महाशाखाका तत्कालिन एसएसपी विदेश लोहनीलाई गृहमन्त्रालयले जिम्मेवारीवाट हटाएको थियो ।

प्रहरी प्रधान कार्यालयले एसएसपी लोहनी, डिएसपी प्रजित केसी र प्रहरी नावय निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई प्रहरी हेड्क्वार्टरको मानवश्रोत विकास विभागमा हाजिर गराएपछी महाशाखा नेतृत्वविहीन थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !