२१ बैशाख २०८१, शुक्रबार

जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु


दुर्घटना

बुटवल । बुटवलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा१९च ९१५७ नंको जिपले लु२४प २७५७ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते आचार्यको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !