२२ बैशाख २०८१, शनिबार

दुई वडाध्यक्ष हिरासतबाट छुटे


धनगढी । त्रिवेणी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रेमबहादुर थापा र वडा नम्बर ९ का अध्यक्ष वीरबहादुर विष्ट हिरासतबाट छुटेका छन् ।

नगर सभाको माइन्युट च्यातेको आरोपमा वडाध्यक्ष थापालाई माघ १२ र विष्टलाई माघ १३ मा पक्राउ गरिएको थियो । नगरपालिकाका प्रशासकीय अधिकृतले वडाध्यक्षहरूले माइन्युट च्यातेको भन्दै प्रहरीकहाँ उजुरी दिएका थिए ।

थापा र विष्टले अब कमजोरी नदोहोर्‍याउने र सहकार्य गर्दै जाने भनेपछि नगरपालिकाले उजुरी फिर्ता लिएपछि शुक्रबार प्रहरी हिरासतबाट छुटेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !