२१ बैशाख २०८१, शुक्रबार

उपमेयर उप्रेती चढ्ने गाडीले ठक्कर दिँदा राजवंशीको मृत्यु


दुर्घटना

झापा । झापा मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती चढ्ने गरेको सरकारी गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बा १ झ १७२ नम्बरको स्कारपियोले मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर ७ का सन्तोष राजवंशी गम्भीर घाइते भएका थिए । उपमेयर उप्रेती भने उक्त गाडीमा सवार थिइनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !