२६ बैशाख २०८१, बुधबार

क्रसर उद्योग तत्काल बन्द गर्ने नगरप्रमुख कार्कीको प्रतिबद्धता


राष्ट्रिय गौरव

महोत्तरी । नगरक्षेत्रका नदीबाट कानुनविपरीत बालुवा, ढुङ्गा उत्खनन गरी निर्यात गर्दै आएका र अवैधरूपले सञ्चालनमा ल्याइएका क्रसर उद्योग तत्काल बन्द गरिने बर्दिबास नगरपालिकाका नगरप्रमुख विदुरकुमार कार्कीले प्रतिबद्धता जनाएका हुन् ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको अब केही महिनाभित्रै पदावधि सकिदैछ । जिल्लामा क्रसर उद्योग (नदीबाट बालुवा, ढुङ्गा उत्खनन, प्रशोधन र निर्यात गर्ने उद्योग) का लागि बर्दिबास सबैभन्दा उपयुक्त स्थल मानिन्छ ।

नगरक्षेत्रमा २० भन्दा बढी यस्ता उद्योगले मनपरीसँग खाल्डा खनेर अवैधरूपमा उत्खनन गरिरहे पनि नगर नेतृत्व मुकदर्शक बनेको आरोप चुँलिदै गएपछि उनले अब अवैधरूपले सञ्चालित यस्ता उद्योग तत्काल बन्द गरिने प्रतिबद्धता जनाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !