२६ बैशाख २०८१, बुधबार

बतासले होटल चलाएको पशुपति धर्मशालाको पर्यटनमन्त्री आलेद्वारा निरीक्षण


बतासले होटल चलाएको पशुपति धर्मशालाको पर्यटनमन्त्री आलेद्वारा निरीक्षण

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको निरीक्षण गरेका छन् । पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशाला लगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले आज बिहान पुगेको उनको सचिवालयले जनाएको छ ।

धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले आज बिहान त्यहाँ पुगेर निरीक्षण गरेका हुन् । पशुपति क्षेत्र विकास कोषसँग मिलेर बतास समूहले १९ रोपनी जग्गामा ३४ करोड लागतको ८८ कोठे धर्मशाला भाडामा लिएर होटल सञ्चालन गरिरहेको छ।

बतास समूहले नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको तयारी गरिरहेका बेला मन्त्री आलेले रोक लगाएका छन् । क्याफे संचालननका लागि बनाइएका भौतिक संरचना मन्त्री आलेको निर्देशनमा भत्काइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !