१४ बैशाख २०८१, शुक्रबार

धनकुटामा टिफर दुर्घटना हुँदा २ जनाको मृत्यु


टिफर दुर्घटना

धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिका-२ नागढुङ्गा स्थित कोशीलोक मार्गमा टिफर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रिफर चालक प्युठान मानदवी गाऊपालिका १ का २७ बर्षीय भुवन फेडी मगर र सह-चालक दाङ बबई गाऊपालिका ३ का २१ बर्षीय नविन बिक रहेका छन् ।

आज बिहान ५ बजे धनकुटाबाट बसन्तपुरतर्फ वालुवाको लोड लिएर जाँदै गरेको बा.प्र.३-००१ क ०५४९ नम्बरको हाइवा टिफर बाटो भन्दा अन्दाजी २५ मिटर तल झरी दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमानै मृत्यु भएको थियो ।

घटनास्थलमा प्रहरी चौकी हिले र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई कानुनी प्रक्रिया पुरा गरी लाश पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटा पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !