२६ बैशाख २०८१, बुधबार

टिपरको ठक्करबाट एकजनाको मृत्यु, फरार चालक पक्राउ


शव फेला

काठमाडौं । काठमाडौंमा टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा बा २ ख ५१४५ नम्बरको टिपरको ठक्करबाट कालिकोट पंचाल झरना गाउँपालिका–२ घर भएका २२ वर्षीय बिपिन बिकको मृत्यु भएको छ ।

फरार रहेका बा २ ख ५१४५ नम्बरको टिपरका चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ–५ घर भएका ३६ वर्षीय दुर्गा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !