२३ बैशाख २०८१, आइतबार

शिवम् सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न


शिवम् सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भइ सकेपछिको छैठौं वािर्षक साधारण सभा (आ. व. २०७७/०७८) मंगलबार सम्पन्न गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा शेयरधनीहरु लाई भर्चुअल माध्यमबाट सहभागिता गराई सभा सम्पन्न भएको हो ।

उक्त वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजी ४ अर्व ४० करोडको २९ प्रतिशत (उनान्तिस प्रतिशत) का दरले (लाभाँसमा लाग्ने कर सहित) हुन आउने १ अर्व २७ करोड ६० लाख मात्र नगद लाभांस रकम वितरण गर्ने प्रस्ताव गरिएको छ ।

यससहित कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ. व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आ. व. २०७८/०७९ को आय व्ययको लेखापरीक्षण गर्न सुवोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि गरिएको छ ।

यससँगै सामान्य र विशेष प्रस्तावहरु पारित गरिएको छ । यसकारण सर्व साधारण शेयरधनीको बैंक खातामा शेयर रजिष्टार सिद्धार्थ क्यापिटलमार्फत नगद लाभांस वितरण गर्ने कार्यक्रम रहेकोले आ आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक नगरेको भए अद्यावधिक गरी नगद लाभांस पाउने विश्वास कम्पनीले लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !