२३ बैशाख २०८१, आइतबार

शिवम् सिमेन्ट गुणस्तर तथा नापतौल विभागद्वारा सम्मानित


शिवम् सिमेन्ट सम्मानित

काठमाडौँ । सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेड नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एन एस क्वालिटी अवार्ड–२०१९ जितेको छ ।

गुणस्तर चिन्ह प्राप्त उद्योगहरु मध्ये खुल्ला प्रतिस्पर्धामा शिवम सिमेन्ट प्रथम भएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोर लगायतको उपस्थितिमा शिवम् सिमेन्ट्सका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई अवार्ड हस्तान्तरण गरिएको छ ।

सन् २००९ मा हेटौँडामा स्थापित यो सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !