२२ बैशाख २०८१, शनिबार

मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीया सोफियाको मृत्यु


शव फेला

काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । स्वयम्भुबाट बल्खुतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धादिङ घर भई काठमाडौंको नैकाप बस्दै आएकी २७ वर्षीया सोफिया श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकाल भने घाइते भएका छन् । घाइते ढकालको सोही अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !