२३ बैशाख २०८१, आइतबार

मोटरसाइकल दुर्घटना हुँदा तिनजना घाइते


दुर्घटना

काठमाडौं । काठमाडौंमा तिनजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनैजना घाइते भएका छन् । काठमाडौंको दरबारमार्गमा बा६५प ६७११ नम्बरको मोटरसाइकल गए राति अनियन्त्रित भई सडक किनारको पर्खालमा ठोक्किदा तीनजना घाइते भएका छन् ।

प्रहरीका अनुसार रामेछापको गोकुलगंगा गाउँपालिका–२ का २३ वर्षीय सुजन बस्नेत, २१ वर्षीय सरोज खाती र दोलखाकी २५ वर्षीया बबिता बस्नेत घाइते भएका हुन् ।

महाकांलस्थित राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेहरूको उपचार भइरहेको र बस्नेत र खातीको अवस्था गम्भीर रहेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !