१४ बैशाख २०८१, शुक्रबार

जङ्गलमा सवारीसाधनलाई रोकेर लुटपाट गर्न खोज्ने ६ जना पक्राउ


पक्राउ

बाँके । जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जना पक्राउ परेका छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको एक प्रहरीले जानकारी दिए । पक्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडीलगायत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !