२२ बैशाख २०८१, शनिबार

सर्लाहीमा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु


दुर्घटना

जनकपुर । सर्लाही जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका-३, सागरनाथ जंगलमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा ईश्वरपुर नगरपालिका-१० का २२ वर्षीय अरुण सिंह, २० वर्षीय सरगम विश्वकर्मा र २२ वर्षीय रोहन सिंह रहेको प्रहरीले जनाएको छ । गए राति करिब १२ बजे सागरनाथबाट बयलबासतर्फ जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।

मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भक्तिपुरले जनाएको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा ल्याइएको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !