२२ बैशाख २०८१, शनिबार

सेफ सन्तोष साहले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि


सन्तोष साह

काठमाडौं । नेपाली सेफ सन्तोष साहले बीबीसीको मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’को उपाधि जितेका छन् । बीबीसी वानमा हिजो सोमबार साँझ प्रसारित फाइनलमा साहले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि हात पारेका हुन् ।

अघिल्ला वर्षमा फाइनलमा पुगेका प्रतिष्पर्धीहरुलाई पुनः अवसर दिइएकोमा पनि सन्तोषले नै उपाधि हात पारेका हुन् । उक्त प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्कले भ्हाग लिएका थिए ।

सिरहा कर्जन्हामा जन्मेका सन्तोषले विभिन्न १८ प्रकारका नेपाली ‘भेगन’ खाना प्रस्तुत गरेका थिए । उनले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडांको अचार, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए ।

बीबीसी मास्टरसेफ हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो हो। गत वर्ष नेपाली खाना प्रस्तुत गरेर उपविजेता बनेका सन्तोषको चर्चा देशविदेशमा चुलिएको थियो । साहले विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !