२२ बैशाख २०८१, शनिबार

स्वास्थ्यमन्त्री खतिवडाको प्रेस सल्लाहकारमा बिडारी नियुक्त


शन्तराम बिडारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन् । मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिडारीलाई प्रेस सल्लाहकारको कामकाजको जिम्मेवारी दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका बिडारी विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् ।

त्यस्तै पत्रकारिता तथा आमसञ्चार विषय विगत ५ वर्षदेख अध्यापनसमेत गर्दै आइरहेका छन् । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा समाजवादी प्रेस सङ्गठनका संस्थापक उपाध्यक्ष बिडारी दामन पोष्ट साप्ताहिक तथा दामन पोष्ट डटकमका सम्पादक हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !