२६ बैशाख २०८१, बुधबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


शव फेला

बाँके । बाँकेमा ट्रकले मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

स्रोतका अनुसार ना.६ ख २६२३ नम्बरको ट्रकले भे.७ प २७८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २९ वर्षीय कुश हमालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका हमालको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !