२४ बैशाख २०८१, सोमबार

आज बस्न लागेको न्याय सेवा आयोगको बैठक स्थगित


न्याय सेवा आयोग

काठमाडौं । न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । बुधबार बस्न लागेको न्याय सेवा आयोगको बैठक लोक सेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेकोले बैठक स्थगित गरिएको स्रोतले बतायो ।

स्रोतका अनुसर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न आयोगको बैठक अपराह्न ३ बजेका लागि बोलाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !