२३ बैशाख २०८१, आइतबार

अन्तरजातीय विवाह गरेपछि अपहरणमा परेका चन्द्रे कामी आठ दिनपछि भेटिए


चन्द्रे कामी

मुगु । बेपत्ता भएको आठ दिनपछि चन्द्रे कामी भेटिएका छन् । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका चन्द्रे आठ दिनपछि भेटिएका छन् । स्रोतका अनुसार चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए ।

सुन्तलीको परिवारले लगेर चन्द्रलाई निर्घात कुटपिट गरेर बेपत्ता पारेको आरोप लागिरहेका बेला उनी फेला परेका हुन् । प्रहरीको तीव्र खोजीपछि बुधबार विहान खार्पुनाथ प्रहरी चौकीले बेपत्ता पारिएका भनिएका चन्द्रेलाई फेला पारेको स्रोतले बतायो ।

बाटोमा हिँड्दै गरेका क्रममा उनलाई खार्पु प्रहरी चौकीका सुरक्षाकर्मीले भेटाएको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !