२२ बैशाख २०८१, शनिबार

हेटौँडामा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु, १ घाइते


दुर्घटना

वाग्मती । मोटरसाइकल दुर्घटनामा परी हेटौँडामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । आज बिहान हेटौँडा उपमहानगरपालिका-१९ दारिमटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार बागलुङका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएको र उनको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार बुधबार बिहान इँटा बोकेर हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको प्रदेश ३ ००१ ख १८४९ नं को टिपर र हेटौँडातर्फ आउँदै गरेको ना४९प ८२५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !