२५ बैशाख २०८१, मंगलबार

सर्वोच्च अदालतमा आज तोकियो सबै खाले मुद्दामा पेशी


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेशी तोकिएको छ तर सुनुवाइ भए सुरु हुन सकेको छैन । सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा ९ संयुक्त र दुई एकल इजलास रहेको छ ।

ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ । यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार अस्पतालमा भर्ना भएकामा आज घर फर्किएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !