प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै उच्च अदालत जनकपुर अगाडि प्रदर्शन Nepalpatra प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै उच्च अदालत जनकपुर अगाडि प्रदर्शन
११ असार २०७९, शनिबार

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै उच्च अदालत जनकपुर अगाडि प्रदर्शन


प्रदर्शन

जनकपुरधाम । उच्च अदालत जनकपुर अगाडि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै वकिलहरूले प्रदर्शन गरेका छन् ।

स्रोतका अनुसार बार एसोसिएसन धनुषामा आबद्ध वकिलहरूले प्रदर्शन गरेका हुन् । प्रधानन्यायाधीशले संवैधानिक आयोगमा भागबन्डा र आफ्ना मान्छेलाई मन्त्री बनाउन पाइन्छ ? भन्दै एक वकिलले प्रश्न गरे । वर्तमान प्रधानन्यायाधीश पदमा बस्न लायक नभएको उनीहरुको तर्क छ।

संविधान र कानुनभन्दा माथि नरहेकाले प्रधानन्यायाधीशले आफ्नै लागि भए पनि राजीनामा दिनुपर्ने उनीहरुको तर्क छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !