८ बैशाख २०८१, शनिबार

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै उच्च अदालत जनकपुर अगाडि प्रदर्शन


प्रदर्शन

जनकपुरधाम । उच्च अदालत जनकपुर अगाडि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै वकिलहरूले प्रदर्शन गरेका छन् ।

स्रोतका अनुसार बार एसोसिएसन धनुषामा आबद्ध वकिलहरूले प्रदर्शन गरेका हुन् । प्रधानन्यायाधीशले संवैधानिक आयोगमा भागबन्डा र आफ्ना मान्छेलाई मन्त्री बनाउन पाइन्छ ? भन्दै एक वकिलले प्रश्न गरे । वर्तमान प्रधानन्यायाधीश पदमा बस्न लायक नभएको उनीहरुको तर्क छ।

संविधान र कानुनभन्दा माथि नरहेकाले प्रधानन्यायाधीशले आफ्नै लागि भए पनि राजीनामा दिनुपर्ने उनीहरुको तर्क छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !