२० बैशाख २०८१, बिहिबार

बारमा छिरेर वकिल कुट्ने र कालो कोट च्यातिदिने धम्की दिने २ जना पक्राउ


‘अमेरिकन इगल’ भन्दै वकिल कुट्ने र कालो कोट च्यातिदिनेसम्मको धम्की !

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीहरुलाई हिजो कुट्ने र कालो कोट च्यातिदिनेसम्मको धम्की दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल बार एसोसिएसन परिसरभित्र हिजो पसेर कानुन व्यवसायीहरुलाई गाली गलौज गर्दै धम्की दिने २ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले कानुन व्यवसायीहरुलाई धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई गएराती काठमाडौको बौद्धबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार पक्राउ परेका ढकाल काठमाडौं महानगरपालिका बौद्ध घर भएका र श्रेष्ठ कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका रहेको प्रहरीले जानकारी दिएको छ ।

हिजो चार जनाको समूहमा आएका युवाले नेपाल बार एसोशिएसन परिसरमा प्रवेश गरेर आन्दोलनमा रहेका कानुन व्यवसायीलाई कुटपिटको धम्की दिएका थिए । एक-एक वकिलहरूलाई ठोक्छु र कोट च्यात्छु भन्दा आक्रोशित भएका एक अपरिचति व्यक्तिले आफू अमेरिकन इगल भएको बताएका थिए ।

अपरिचत बिना सरोकारका व्यक्तिहरु बारमा प्रवेश गरेर अचानक कानुन व्यवसायीहरूमाथि तथानाम गालीगलौज गरेका थिए । ती व्यक्तिहरुले गालीगलौज र धम्क्याउन थालेपछि आन्दोलित कानुन व्यवसायीहरुले त्यसरी गालीगलौजमा संलग्न एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

कानुन व्यवसायीलाई धम्की दिँदासमेत प्रहरी मुकदर्शक बनेको भन्दै बार परिसरमा रहेका वकिलहरुले आक्रोश व्यक्त गरेका थिए । सोही क्रममा केहीबेर बार परिसर तनावग्रस्त भएपनि प्रहरीले उनीहरुलाई त्यहाँवाट हटाएको थियो ।

यो पनि पढ्नुहोस्

‘अमेरिकन इगल’ भन्दै वकिल कुट्ने र कालो कोट च्यातिदिनेसम्मको धम्की !

आन्दोलन बिथोल्न पुगेकाहरुलाई बारवाट वकिलहरुले लखटे !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !