१५ बैशाख २०८१, शनिबार

प्रधानन्यायाधीशलाई राहत : ५ न्यायाधीश भोलिदेखि नियमित काममा फर्किने

प्रधानन्यायाधीश जबराको केही हदसम्म संकटमोचन हुने संकेत


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका ५ जना न्यायाधीश भोलिदेखि नियमित काममा फर्किने भएसंगै प्रधानन्यायाधीश जबरालाई राहत मिलेर केही हदसम्म संकट मोचन हुने संकेत देखिएको छ ।

सर्वोच्चका ५ जना न्यायाधीशहरुले न्यायाधीश, नेपाल बार एसोसिएसन र सर्वाेच्च अदालत बार एसोसिएसनको बैठक बहिष्कार गरेका थिए । सर्वोच्चका १९ न्यायाधीशमध्ये बैठक बहिष्कार गर्ने न्यायाधीशहरूमा तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार चुडाल, कुमार रेग्मी र मनोज शर्मा रहेका छन् ।

प्रधानन्यायाधीश जबराले आन्दोलनरत न्यायाधीशहरुलाई वार्तामा आउन आग्रह गरेपछि न्यायाधीशहरूले नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग गरेको बैठक सर्वोच्चका ५ न्यायाधीशले नै बहिष्कार गरेसंगै सर्वोच्चकै आन्दोलनरत न्यायाधीशहरूबीच नै फाटो देखिएको हो ।

५ न्यायाधीशहरूले बैठक बहिष्कार गरेपछि आजको बैठक निष्कर्षविहीन टुंगिएको थियो भने भोलि पुन: बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश जबराले आज बिहान एक विज्ञप्ति जारी गर्दै आफू संवादका लागि तयार रहेको भन्दै वार्तामा आउन आग्रह गरेपनि नेपाल बारले भने प्रधानन्यायाधीश जबरासँग वार्तामा नबस्ने बताएको थियो ।

आज नेपाल बार एशोसिएसनले इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरूसँग भेट्न गएको थियो । नेपाल बार र सर्वोच्चबारका ७ जना पदाधिकरी भेट्न जाँदा १३ न्यायाधीशमात्र उपस्थित थिए । प्रधानन्यायाधीश जबराको वार्ता आह्वान अस्वीकार गरेका उनीहरू आफ्ना पदाधिकारी लिएर सर्वोच्चका अरू न्यायाधीशलाई भेट्न गएका थिए ।

यो पनि पढ्नुहोस्

न्यायाधीशहरूबीच नै फुट : ५ न्यायाधीशले गरे बैठक बहिष्कार

पूर्वन्यायाधीश फोरमको अपिल : प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनुपर्छ

प्रधानन्यायाधीशको वक्तव्य भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार भएको पूर्व न्यायाधीश फोरमको आरोप

प्रधानन्यायाधीश जबरासँग वार्तामा नबस्ने नेपाल बारको निर्णय

प्रधानन्यायाधीशले वक्तव्य जारी गर्दै गरे बारलाई वार्तामा आउन आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !