१२ बैशाख २०८१, बुधबार

प्रधानन्यायाधीशले वक्तव्य जारी गर्दै गरे बारलाई वार्तामा आउन आग्रह


प्रधानन्यायाधीश जबरा वक्तव्य

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयमा देखिएको समस्याका सम्बन्धमा वक्तव्य जारी गरेका छन् । सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश जबराकाे विज्ञप्ति वाचन गर्दै नेपाल बार एसोसिएसन र सर्वाेच्च बार एसोसिएसनलाई वार्तामा आउन आग्रह गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई आन्दोलन छाडेर संवादमा आउन आह्वान गरेका हुन् । न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार र सर्वोच्च बारलाई संवादका लागि आह्वान गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको प्रष्ट पारेका छन् । उनले पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिने बताएका हुन् ।

यस्तो छ प्रधानन्यायाधीश जबराद्वारा जारी गरिएको विज्ञप्ति

 

यस्तो छ प्रधानन्यायाधीश जबराद्वारा जारी गरिएको विज्ञप्ति

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !