६ बैशाख २०८१, बिहिबार

न्यायाधीशहरूबीच नै फुट : ५ न्यायाधीशले गरे बैठक बहिष्कार


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतका ५ जना न्यायाधीशहरुले न्यायाधीश, नेपाल बार एसोसिएसन र सर्वाेच्च अदालत बार एसोसिएसनको बैठक बहिष्कार गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आन्दोलनरत न्यायाधीशहरुलाई वार्तामा आउन आग्रह गरेपछि न्यायाधीशहरूले नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग गरेको बैठक सर्वोच्चका ५ न्यायाधीशले नै बहिष्कार गरेका हुन् ।

बैठक बहिष्कार गर्ने न्यायाधीशहरूमा तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार चुडाल, कुमार रेग्मी, मनोज शर्मा रहेका छन् । योसंगै सर्वोच्चकै आन्दोलनरत न्यायाधीशहरूबीच नै फुट देखिएको छ ।

५ न्यायाधीशहरूले बैठक बहिष्कार गरेपछि आजको बैठक निष्कर्षविहीन टुंगिएको छ भने भोलि पुन: बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश जबराले आज बिहान एक विज्ञप्ति जारी गर्दै आफू संवादका लागि तयार रहेको भन्दै वार्तामा आउन आग्रह गरेपनि नेपाल बारले भने प्रधानन्यायाधीश जबरासँग वार्तामा नबस्ने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !