८ पुस २०८१, सोमबार

बारको घोषणा : भोलि शुक्रबार सबै मुद्दाका इजलास बहिष्कार गर्ने


नेपाल बार एसोसिएसन

काठमाडौँ । नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सबै मुद्दाका इजलास बहिष्कार गर्ने घोषणा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले शुक्रबार बन्दी प्रत्यक्षीकरण लगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने भएको हो ।

आज बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको विरोधमा बारले शुक्रबार सबै इजलास बहिष्कार गरिने बताएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका कानुन व्यवसायीमाथि प्रहरीले ठाडो हस्तक्षेप गरेपछि सर्वोच्च अदालत परिसर तनावग्रस्त भएको छ । बारले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै बारका पदाधिकारीको माइक खोसेपछि प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल समेत भएको छ ।

दुई पक्षवीच भएको धकेलाधकेलमा बारका महासचिव लीलामणि पौडेल सामान्य घाइते भएका छन् । प्रहरीले हस्तक्षेप गर्दै बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा मच्चिएको छ ।

शुक्रबार सर्वाेच्चको सबै इजलासको बहस पैरवी बहिस्कार गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि धर्नास्थलबाट जानकारी गराए । सर्वोच्च परिसरमा कानुन व्यवसायीहरुको प्रदर्शन रोक्न नेपाल प्रहरीको ब्याक सपोर्टमा सशस्त्र प्रहरी पनि खटाइएको छ ।

यो पनि पढ्नुहोस्

सर्वोच्च परिसरमा नाराबाजी- भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे

सर्वोच्च परिसरमा झडप : नेपाल प्रहरीको सपोर्टमा सशस्त्र प्रहरी पनि खटाइयो

सर्वोच्च परिसर तनावग्रस्त : कानुन व्यवसायीमाथि प्रहरीको ठाडो हस्तक्षेप

प्रधानन्यायाधीश जबराले आज पनि तोके आफुसहित ९ इजलास

प्रधानन्यायाधीशले अरु मुद्दाभन्दा बन्दी प्रत्यक्षीकरणलाई पछाडि राखेर पेशी तोकेपछि…


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !