७ बैशाख २०८१, शुक्रबार

सर्वोच्च परिसर तनावग्रस्त : कानुन व्यवसायीमाथि प्रहरीको ठाडो हस्तक्षेप


सर्वोच्च अदालत

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका कानुन व्यवसायीमाथि प्रहरीले ठाडो हस्तक्षेप गरेपछि सर्वोच्च अदालत परिसर तनावग्रस्त भएको छ ।

नेपाल बार एशोसियसनले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै बारका पदाधिकारीको माइक खोसेपछि प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल समेत भएको छ । दुई पक्षवीच भएको धकेलाधकेलमा बारका महासचिव लीलामणि पौडेल सामान्य घाइते भएका छन् ।

प्रहरीले हस्तक्षेप गर्दै बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा मच्चिएको छ । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा पनि लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !