२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय जनगणनाको थालनी आज राष्ट्रपतिको तथ्यांक संकलनबाट गरिँदै


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौं । हरेक १० वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२ औँ शृङ्खलाको मुख्य गणनाकार्य आज कात्तिक १५ गतेबाट शुरु हुँदैछ । राष्ट्रिय जनगणनाको थालनी भने आज राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको तथ्यांक संकलन गरेर गरिँदैछ ।

आज बिहान साढे ९ बजे राष्ट्रपति परिवारको तथ्यांक संकलन गरेर जनगणनाको सुरुवात गरिने केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको हो । यस्तै आज नै बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा परिवारको र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको तथ्यांक संकलन गरिने विभागले बताएको छ ।

यो जनगणनाको कार्य आजदेखि शुरु भएर आगामी मङ्सिर ९ गतेसम्म १५ दिनसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागविभागका महानिर्देशक नेविनलाल श्रेष्ठले हिजो आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिए ।

एक प्रश्नको जवाफमा उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक तबरबाट पहल भइरहेको र स्याटलाइट प्रविधिबाट घरधुरी गणना गरी त्यसका आधारमा पनि जनगणना गर्न सकिने उनले जानकारी दिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !