२१ बैशाख २०८१, शुक्रबार

मकवानपुरमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु


दुर्घटना

मकवानपुर । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ३००४प ७१९१ नंको मोटरसाइकललाई ना ७ ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु भएका मोटरसाइकल चालककोे सनाखतका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिएका छन् । उनका अनुसार ठक्कर दिने ट्रक चालक फरार भएकाले निजको खोजतलास भइरहेको छ । मृतक पुरुषको उमेर अन्दाजी ३०/३२ वर्ष रहेको अनुमान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !