२० बैशाख २०८१, बिहिबार

न्यायाधीश चुडाल बसे इजलासमा, अन्य न्यायाधीशहरू आन्तरिक छलफलमा


सर्वोच्च अदालत

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार आफूलाई पनि इजलास तोकेपछि सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश जबराले सर्वोच्चका न्यायाधीशहरूसँग भएको अघोषित सहमति विपरित आफ्ना लागि इजलास तोकेका हुन् ।

प्रधानन्यायाधीश जबराले पूर्व समझदारीविपरीत आफूलाई पनि पेसी तोकेको अवस्थामा के गर्ने भन्नेबारे छललफल गर्न न्यायाधीशहरू सामूहिक छलफलमा बसेका हुन् । यद्यपि प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा न्यायाधीश कुमार चुडाल बसेका छन् । उनले बन्दीप्रत्यक्षीकरण सम्बन्धी एउटा मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन् ।

प्रधानन्यायाधीश जबराले आज सोमबार आफूसहित ६ वटा इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले कात्तिक ८ गतेपछि आफूलाई २ वटा मात्रै इजलास तोकेका थिए । सोमबारका लागि बन्दीप्रत्यक्षीकरण मुद्दामा ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकेका छन् ।

आजका लागि ६ वटा इजलास तोक्दा २ वटा एकल इजलास तोकेका प्रधानन्यायाधीश जवराले न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार चुडालालाई एकल इजलास राखेका छन् ।

आफूलाई कुमार चुडालसँगै संयुक्त इजलास तोकेका प्रधानन्यायाधीश जवराले न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको इजलास तोकेका छन् ।

यता सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि ९ बुँदे मागपत्र अघि सारेको छ । बार एसोसिएसनले ९ बुँदे मागपत्र अघि सार्दै राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीशले आफैंलाई तोके इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरले राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने बारको चेतावनी (मागपत्रसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !