२० बैशाख २०८१, बिहिबार

प्रधानन्यायाधीशले आफैंलाई तोके इजलास


चोलेन्द्रशम्शेर जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार आफ्ना लागि इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएको अघोषित सहमति विपरित आफ्ना लागि इजलास तोकेका हुन् ।

प्रधानन्यायाधीश जवराले आफूसहितका ६ वटा पेसी तोकेका छन् । बन्दी प्रत्यक्षीकरणका मात्र मुद्दा समेटेर तोकिएको पेशीमा प्रधानन्यायाधीश जवराले आफूसहितको संयुक्त इजलास राखेका हुन् ।

आजका लागि ६ वटा इजलास तोक्दा २ वटा एकल इजलास तोकेका प्रधानन्यायाधीश जवराले न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार चुडालालाई एकल इजलास राखेका छन् ।

आफूलाई कुमार चुडालसँगै संयुक्त इजलास तोकेका प्रधानन्यायाधीश जवराले न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी, तेजबहादुर केसी र नहकुदल सुवेदीको इजलास तोकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !