१४ बैशाख २०८१, शुक्रबार

गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युटको भूकम्प


भूकम्प

काठमाडौँ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका बरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए । परकम्पको धक्काको महशुस भई स्थानीय वासिन्दा घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !