१५ बैशाख २०८१, शनिबार

मुगु बस दुर्घटना : मृत्यु हुनेको संख्या २८ जना पुग्यो (अपडेट)


दुर्घटना

मुगु । मुगु जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनाटपने खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २८ जना पुगेको प्रहरीले बताएको छ । १५ जना घाइतेहरुलाई थप उपचारको लागि समिट एअरको विमानमार्फत नेपालगञ्ज लगिएको छ  ।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो । बाँकी घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगुको ताल्चा विमानस्थलतर्फ पठाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

सामान्य घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका साथै सबै सुरक्षा निकायका प्रमुखहरु खटिरहेको जनाइएको छ ।

अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । दसैंमा घर हिडेका यात्रु लिएर मुगु गएको बस दुर्घटनामा परेको आशंका गरिएको छ ।

यो पनि पढ्नुहोस्

मुगुमा बस दुर्घटना : २२ जनाको मृत्यु, १८ घाइते (अपडेट)

मुगु र जुम्लाको सीमानामा बस दुर्घटना : ठुलो संख्यामा यात्रुको मृत्यु भएको आशंका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !