१४ बैशाख २०८१, शुक्रबार

मुगुमा बस दुर्घटना : २२ जनाको मृत्यु, १८ घाइते (अपडेट)


दुर्घटना

मुगु । मुगु जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनाटपने खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए ।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो । अहिले घाइतेहरुको उद्दारकार्य जारी छ । दुर्घटनास्थल मुगुको सदरमुकाम गमगढीवाट लगभग ३१ किलोमिटर नजिक भएको प्रहरीले बताएको छ ।

घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । बस भीरबाट धेरै तल झरेकोले घाइते तथा शवहरु संकलन गर्ने काम भइरहेको प्रहरीले बताएको छ । दुर्घटनास्थल दुर्गम भएकाले उद्दारमा कठिनाइ भएको छ ।

दसैंमा घर हिडेका यात्रु लिएर मुगु गएको बस दुर्घटनामा परेको आशंका गरिएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा यति ठूलो हताहती भएको हो । घाइतेहरुलाई उद्दार गरी मुगु जिल्ला अस्पतालतर्फ लगिदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !