४ जेष्ठ २०८१, शुक्रबार

धनुषामा मोटरसाइकल दुर्घटना : घटनास्थलमै ३ जनाको मृत्यु


दुर्घटना

जनकपुर । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आज बुधबार दिउँसो मोटरसाइकल नहरमा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

धनुषाका प्रहरी स्रोतले दिएको जानकारी अनुसार औरहीबाट जनकपुरतर्फ आउँदै गरेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल दिउसो ४ बजेतिर जनकपुर-१८ भोइल भन्ने स्थानमा नहरमा खसेर दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको तीन जना सवार उक्त मोटरसाइकल दुर्घटना हुँदा मृत्यु हुनेमा पुनालकुमार साह रहेका छन् भने बाँकी दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !