२६ बैशाख २०८१, बुधबार

अर्जेन्टिनामाथि स्पेनको शानदार जित


iyu

१४ चैत, काठमाण्डौ । स्पेनले अर्जेन्टिनामाथि शानदार जित हात पारेको छ । विश्वकपअघि भएको मैत्रिपूर्ण खेलमा स्पेनले अर्जेन्टिनामाथि ६-१ को जित निकालेको हो ।

स्पेनले १२ औं मिनेटमा डिएगो कोष्टाको गोलवाट अग्रता लिएको थियो । २७ औं मिनेटमा इस्कोले अग्रता दोब्बर पारे । खेलको ३९ औं मिनेटमा अटामेन्डीले गोल गर्दै खेललाई २-१ मा पुर्‍याए, तर दोस्रो हाफमा स्पेन हावी भयो ।

५२ औं मिनेटमा इस्कोले दोस्रो गोल गरे भने तीन मिनेटपछि नै थिएगोले गोल गरे । खेलको ७३ औं मिनेटमा योगो स्पासले गोल गरे ।

त्यसको एक मिनेटपछि नै इस्कोले हृयाट्रिक पूरा गर्दा स्पेन ६-१ ले विजयी भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !