१८ बैशाख २०८१, मंगलबार

पोखरा उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता


बुद्ध एयरको जहाज

काठमाडौं । बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ बुद्ध एयर जहाज काठमाडौं फिर्ता भएको छ । ककपिटमा धुवाँ देखिएपछि सोमबार पोखरा नपुगी काठमाडौं फिर्ता भएको स्रोतले बतायो ।

जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुनः पोखरा गएको छ । बुद्ध एयरका अधिकारीहरुले समेत सो जहाजमा मेजर समस्या नदेखिए पनि चालक दलले जोखिम नलिई जहाज फिर्ता गरेको जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !