२५ बैशाख २०८१, मंगलबार

अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण ३ नेपालीको मृत्यु


न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा ३ नेपालीको मृत्यु भएको छ । स्रोतका अनुसार न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको हो ।

स्रोतका अनुसार मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन् ।

युनाईटेड शेर्पा एसोसिएसन न्यूयोर्कका अनुसार अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा ,बाढी र घुम्रपात (टोरनाड़ो ) को कारण ४५ जनाको मृत्यु भइसकेको छ भने न्यूजर्सीमा मात्र २३ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !