१४ बैशाख २०८१, शुक्रबार

पश्चिम नवलपरासीमा बाढीमा परी २ जनाको मृत्यु, १ जना बेपत्ता


पश्चिम नवलपरासीमा बाढी

परासी । पश्चिम नवलपरासीमा अविरल वर्षाका कारण बाढीमा परी २ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । बाढीले बगाउँदा मृत्यु हुनेहरुमा रामग्राम नगरपालिका–१८ मा ३७ वर्षीय विनोद पासी र १३ वर्षीय प्रदिप पासीको रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी स्रोतले बताएको छ ।

घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको लामाले जानकारी दिए । उनीहरूको शव केही तल खेतमा फेला परेको थियो । प्रहरीका अनुसार बाढीले बगाउँदा सुनवल नगरपालिका–४ की १३ वर्षीय एलिसा तामाङ बेपत्ता भएकी छन् ।

सदरमुकाम परासी, सुनवल, प्रतापपुर र सुस्तामा सात सयभन्दा बढी घर डुबानमा परेको छ । लगातार आएको वर्षाको कारण उद्धारमा कठिनाई भएको प्रशासनले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल, बर्दघाट र गैंडाकोटमा डाइभर्सन बगाउँदा यातायात बन्द रहेको छ ।

हिजो रातिदेखिको भीषण वर्षाले नवलपरासी सदरमुकाम परासी बजार डुबानमा परेकोले परासीका घर र पसलमा बाढी पस्दा लाखौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !